भिडभाड हुने दर्जन स्थानमा जान प्रतिबन्ध - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

भिडभाड हुने दर्जन स्थानमा जान प्रतिबन्ध



काठमाडौँ- सरकारले भिडभाड हुने सबै स्थानहरू बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले भिडभाड हुने ठाउँ बन्द गर्न थालेको हो।

सरकारले सिनेमा हलदेखि नाइट क्लबसम्मलाई बन्द गर्ने निर्णय गरेको छ।

कोरोना नियन्त्रणका लागि सरकारद्धारा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आगामी बैशाख १८ गतेसम्मका लागि सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई बन्द गर्ने निर्णय गरेको हो।