ओली र नेपालबीच भेटवार्ता सुरु: वार्तास्थल गोप्य - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ओली र नेपालबीच भेटवार्ता सुरु: वार्तास्थल गोप्य



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

बिहान स्थायी कमिटिको बैठक डाकेर नेता नेपालसहित ४ जनामाथि गरिएको कारबाही फुकुवालगत्तै उनीहरूको भेट हुने तय भएको थियो ।

अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सामुहिक राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । ओली आफैले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए । अहिले दुई नेताबीच वार्ता भैरहेको स्रोतले बताएको छ ।

तर वार्तास्थल अति गोप्य राखिएको छ । यसबारेमा एमालेका नही नेताहरूलाई सम्पर्क गर्दा बोल्न चाहेनन् ।

वरिष्ठ नेता नेपालले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन्। आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदले आजै राजीनामा दिने बताएका छन्।