भयाबह भारत: एकैदिन ८० हजार नजिक संक्रमित थपिए
काठमाडौं- भारतमा केहिदिन यता कोरोना संक्रमितको दर तिव्र रुपमा बढीरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७८ हजार ४ सय ७२ जना संक्रमित थपिएका छन्।
योसहित भारतमा कुल संक्रमितको संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेको छ। हिजो एकै दिन ९ सय ४४ जनाको मृत्यु भएपछि त्यहाँ कुल मृतकको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ।
पछिल्लो २४ घन्टामा अमेरिकामा ४० हजार ७ सय १२ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६१ लाख ३६ हजार ९ सय ४७ पुगेको छ भने ९२४ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या १ लाख ८६ हजार ८ सय २५ पुगेको छ।
यस्तै ब्राजिलमा ३४ हजार ३ सय ६० मा कोरोना पुष्टि भएसँगै त्यहाँ कुल संक्रमितको संख्या ३८ लाख ४६ हजार ९ सय ६५ पुगेको छ। हिजो ९०४ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ लाख २० हजार ४ सय ९८ पुगेको समाचार एजेन्सीले जनाएका छन्।
पछिल्लो विवरण अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको सख्या ८ लाख ४५ हजार ९ सय २५ पुगेको छ।
२ करोड ५१ लाख ५३ हजारमा कोरोना संक्रमण पुष्टि हुँदा १ करोड ७४ लाख ९१ हजार ३ सय १० मानिस संक्रमणमुक्त भएका छन्।