भवन हस्तान्तरण कार्यक्रम सम्पन्न
राजेन्द्र रावल / बाैनियाँ ।
असाहयका लागि सहयाेगिहातहरु नेपाल बर्दगाेरिया गाउपालिका- २ बाैनिया बर्दगाेरिया धार्मिक क्षेत्रमा रहेकाे साहरा घरमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
साेमबार साहरा घर रहेकाे स्थानमा भएको एक अाैपचारिक कार्यक्रमका बिच नेपाली सेनाका सुदूर पश्चिम पृतनापति उपरथि झंकर बहादुर कडायत र मिर्मिरे लघुवित्त वित्तय संस्था लिमिटेडका अध्यक्ष टेक बहादुर बाेहराले रिवन काट्दै संयुक्त रुपमा हस्तान्तरण गरेका थिय ।
लघुवित्त वित्तिय संस्थाले अाफ्नाे सामाजिक ,सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तरगत साे भवन निर्माण गरेर साहरा घरलाई हस्तान्तरण गरेकाे वित्तीय संस्थाका अध्यक्ष बाेहराले जानकारि दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिकाे अासनबाट बाेल्दै पृतनापति कडायतले साहरा घरले गरिरहेकाे कार्यकाे प्रशंसा गर्दै अागामि दिनमा अाफ्नाे व्यत्तिगत तवर र संस्थागत रुपमा हुन सक्ने सहयाेगका लागि अाफुनिरन्तर लागि पर्ने कुरामा जाेड दिनु भएको थियाे । साथै कडायतले साेहि अवसरमा अाफ्नाे व्यत्तिगत तर्फबाट नगद १० हजार सहयाेग स्वरुप हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा साहरा घरका सञ्चालक बल बहादुर बिष्टले संस्थाकाे हालकाे अवस्थ लगायतका बारेमा उपस्थित अतिथिहरु लाई जानकारि गराउनु भएको थियाे ।
कार्यक्रममा बाैनिया क्षेत्रमा रहेका विभिन्न बित्तिय संस्थाका साखा प्रमुख,शिक्षक,समाजसेवी पत्रकार लगायतकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
साेहि अवसरमा बाैनियामा रहेकाे प्रभु बैंक लिमिटेड काे साखा कार्यलयका प्रबन्धक गाैरव शर्माले नगद ५ हजार ५ रुपैयाँ साहरा घरका सञ्चालक बल बहादुर बिष्ट लाई हस्तान्तरण गरेका थिय ।
साहरा घरले हाल ५० जना असाहय अनाथ सडक जीवन यापन गररिहेका हरुलाइ अास्रहय दिइरहेकाे छ ।
साहरा घरका सञ्चालक बल बहादुर बिष्टकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम काे सञ्चालन वित्तीय संस्थाका कर्मचारी बेद अाचार्यले गरेका थिय ।