सानादेखि गगनचुम्बी भवन बनाउन अब निकै सजिलो - Himal Post Himal Post
  • २९ कार्तिक २०८२, शुक्रबार
  •      Fri Nov 14 2025
Logo

सानादेखि गगनचुम्बी भवन बनाउन अब निकै सजिलो



काठमाडौं- नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ।

साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अद्यावधिक गरिएसँगै त्यस्तो बाटो खुलेको खबर आजको राजधानी दैनिकले छापेको छ।

हाल राष्ट्रिय भवन संहिता १०५ः१९९४ कार्यान्वयनमा रहेकामा मन्त्रिपरिषद् बैठकले अद्यावधिक राष्ट्रिय भवन संहिता १०५ः२०२० लाई स्वीकृत गरेसँगै अब नयाँ मापदण्डसहितको संहिता कार्यान्वयनमा आउनेछ।

अद्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ।

नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवन संहिता तथा यस सम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवन संहिता अद्यावधिक गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

अद्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ । सहरी विकास मन्त्रालय सहरी विकास आवास भवन महाशाखाका प्रमुख सहसचिव नवराज प्याकुरेलले अद्यावधिक गरिएको भवन संहिताका आधारमा सबै खालका भवनको डिजाइन गर्न सकिने बताएका छन्।