बाबुराम भट्टराई किन जाँदैछन् रुस ? - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

बाबुराम भट्टराई किन जाँदैछन् रुस ?



काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नया“ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि आइतबार रुस जाने भएका छन्।

भ्रमणका क्रममा भट्टराई रुस हुँदै युरोपका विभिन्न देशहरु स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली जाने कार्यक्रम रहेको नयाँशक्तिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

उनले प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुस“ग भेटघाट तथा अन्तरक्रिया÷छलफल गर्ने कार्यक्रम रहेको छ। उनले सकेसम्म आफ्नो ज्ञानको दायरा फराकिलो पार्ने र आफ्नो अनुभव आदानप्रदान गर्नमा उपयोग गर्ने छन्।

भ्रमणकै क्रममा भट्टराई गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय बैठकमा पनि सहभागी हुने कार्यक्र रहेको छ। त्यस्तै उनले जर्मनीमा रहेका नेपालीहसँग पनि अन्तरक्रिया गर्नेछन्।

भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि जानेछिन्। भ्रमण पूरा गरी भट्टराई साउन २३ गते काठमाडौं फकने कार्यक्रम रहेको छ।