डा. भट्टराईले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

डा. भट्टराईले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप



काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।

डा. भट्टराईले पहिलो संविधानसभा असफल बनाउन ओली नै लागेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अग्रगमन र पश्चगमनवीचको लडाईं भएको बताएका छन् ।

ट्विटरमार्फत अध्यक्ष भट्टराईले नेकपाभित्रको किचलो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति भएको बताएका छन् ।

कोरोना भाइरसको संक्रमण भएका डा भट्टराईलाई प्रधानमन्त्री ओलीले टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

‘हामीलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा प्रमओलीलाई धन्यवाद दिंदै यो तीतो सत्य भन्नैपर्छः–नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो । यो अन्तर्यमा अग्रगमन र पश्चगमनवीचको लडाइॅ हो ।’

उनले प्रधानमन्त्री ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको टिप्पणी गरेका छन् ।

‘ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् ।संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी–मधेसवादी विरूद्ध नेकासंग सहकार्य गरे।पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसंग एकता गरे’, उनले भनेका छन्, ‘अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ । अब के ? सबैले सोचौं ।’