डा. बाबुराम भट्टराई लाजले भुतुक्कै भएपछी... - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

डा. बाबुराम भट्टराई लाजले भुतुक्कै भएपछी…



पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले आफू लज्जित भएको बताएका छन् ।उनले सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफू लज्जित भएको बताएका हुन्।

उनले ट्वीट गर्दै फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नु पर्दा आफू लज्जित भएको उल्लेख गरेका हुन् ।

उनले निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक र लोकतन्त्रमा कानुनी अपराध पनि भएको बताएका छन् । । उनले के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं भन्दै प्रश्नसमेत गरेका छन् ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप दिन प्रक्रिया अघि बढाएको छ । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ ।