ओलीलाई स्वागत नगरेका मुख्यमन्त्री प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगे - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

ओलीलाई स्वागत नगरेका मुख्यमन्त्री प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगे



कैलाली- प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न नगएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका छन् ।

शुक्रबार विभाजित नेकपाका अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाललाई स्वागत गर्न भट्ट विमानस्थल पुगेका हुन् ।

प्रचण्ड–माधव नेपाल पक्षधर नेता एवम् प्रदेशका मुख्यमन्त्री भट्ट शुक्रबार माधव नेपाललाई स्वागत गर्न पनि विमानस्थल गएका थिए ।

प्रचण्ड र माधव नेपाललाई सम्बोधन गर्न मुख्यमन्त्रीसहित उक्त पक्षका मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए ।

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज धनगढीमा सभा गर्दैछ । सभालाई सम्बोधन गर्न प्रचण्ड र माधव नेपाल धनगढी गएका हुन् ।