विश्वासको मत लिन मुख्यमन्त्रीद्वारा प्रस्ताव पेश: दुई तिहाई मत पाउने पक्का
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई तिहाई भन्दा बढी भोट पाउने भएका छन् । भट्टले अहिले प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ ।
आफ्नै दल माओवादीसँगै नेकपा एमालेको माधव समूह र नेपाली कांग्रेसले बिश्वासको मत दिने निर्णय नै गरिसकेका छन्। मंगलबार बसेको नेकपा एमाले सुदूरश्चिम प्रदेशसभा संसदीय दलको बैठक मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
माधव नेपाल पक्षीय प्रदेशसभा सदस्यहरुको बहुमत रहेको संसदीय दलको बैठकमा केपी ओली पक्षीय सातजनाले निर्णयप्रति असहमति जनाएका छन् । प्रदेशसभामा सभामुख बाहेक नेकपा एमालेका २४ जना प्रदेशसभा सदस्य रहेका छन्, ती मध्ये १७ जनाले मुख्यमन्त्रीको पक्षमा हस्ताक्षर गरेका छन् ।
यसैगरी प्रमुख प्रतिपक्ष दल रहेको नेपाली कांग्रेस संसदिय दलले पनि मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णण गरेको छ । कांग्रेसका १२ जना प्रदेशसभा सदस्य रहेका छन् ।
प्रदेशसभामा रहेको अर्को दल जसपाले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । तर जसपा संग जम्मा दुईजना प्रदेशसभा सदस्य छन् ।
अहिले विश्वासको मत लिने कार्यक्रम सुरू भएको छ । मुख्यमन्त्रीले आफ्नो प्रस्ताव पेश गरेका छन् ।