पशुपतिका भट्ट हटाउने हल्ला के हो ? - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

पशुपतिका भट्ट हटाउने हल्ला के हो ?



काठमाडौँ– नेपालमा पछिल्लो समय अयोध्याको बिषयले धार्मिक चर्चार्किको अवस्था सृजना गरेको छ । यसैको तरंगले पशुपति क्षेत्र विकास कोषले भारतीय मुलका भट्ट हटाउने हल्ला चलेको छ ।

प्रधानमन्त्रीले राम जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्ति विवादमा परेपछि पशुपतिबाट भारतीय भट्ट हटाउन लागिएको भन्ने विषय चर्चामा आएको हो।

विकास कोषले बिहीबार विज्ञप्ति जारी गर्दै भट्ट हटाउने चर्चाको खण्डन गरेको छ । कोषले भारतीय मुलका भट्ट हटाउने भनि चलेको हल्ला निराधार भएको प्रष्टिकरण दिएको छ।

कोषका सदस्य सचिव प्रदीप ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको, ‘नेपाल सरकार, संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं।’

विकास कोषले नेपाल र भारतका बीचमा सदियौंदेखि जनस्तरमा कामय भएको धार्मिक, आध्यात्मिक, सामाजिक र साँस्कृतिक सम्बन्ध बिगार्न केही शक्ति लागिपरेको उल्लेख गरेको छ।

‘प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहेको हुँदा त्यस्ता भ्रामक समाचारको पछाडि नलाग्न सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछु’, ढकालले भनेका छन्।