भाटभटेनी सुपर मार्केटका कर्मचारीमा कोराेना संक्रमण
काठमाडौं- काठमाडौंस्थित भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीमा कोराेना संक्रमण भएको जानकारी प्राप्त भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ ।
विभिन्न क्षेत्रका जनसम्पर्क हुने स्थानमा कोरोना संक्रमण बढिरहेका बेला भाटभटेनी सुपर स्टोरमा पनि संक्रमण भेटिएको हो । सरकारले भिडभाड हुने स्थानमा काम गर्ने कर्मचारीहरुको कोरोना परीक्षण गराउन निर्देशन दिएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो ।
काठमाडौंको एक भाटभटेनी शाखाका कर्मचारीमा कोरोना संक्रमण भएको पाइएपनि कुन शाखाका कर्मचारीमा भन्नेबारे खुलाइएको छैन । कर्मचारीमा कोरोना पुष्टि भएसँगै किनमेल गर्न प्रवेश गरेका ग्रहकहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने भाटभटेनी प्रसाशनले जनाएको छ ।
केहिदिनअघि भाटभटेनी, बिग मार्टलगायत बढि भिडभाड हुने क्षेत्रमा कार्यरत कर्मचारीको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो ।