प्रधानमन्त्री कै भाषा अमर्यादित, खबरदारी सभा गर्ने तयारी - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

प्रधानमन्त्री कै भाषा अमर्यादित, खबरदारी सभा गर्ने तयारी



काठमाडौं । गुठी विधेयकविरुद्ध सडकमा रहेको संघर्ष समितिले प्रधानमन्त्रीले पत्रकार सम्मेलनका क्रममा व्यक्त गरेको भाषा अमर्यादित भएको भन्दै खेद प्रकट गरेको छ ।

संयोजक डा. महेशमान श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूले आयोजना गर्नुभएको प्रेस सम्मेलनमा प्रयोग गर्नुभएको सम्बोधनको भाषालाई हामी आन्दोलनकारीहरुले सहज र मर्यादित रुपमा लिन नसकेकोले सो प्रति समेत खेद व्यक्त गर्न चाहन्छौं ।

गुठी विधेयक फिर्ताहुनु सकारात्मक भएपछि मन्त्रीले जारी गरेको विज्ञप्तीमा प्रयुक्त भाषाले उक्त फिर्ता लिएको विधेयकमा त्रुटि रहेको कुरालाई स्पष्ट भाषामा स्वीकार गर्न नसकेको देखिँदा आगामी दिनमा हामी आन्दोलनकारीहरुले खोजिरहेको गुठी परम्परा र सम्पदामा सम्बन्धित सरोकारवालाहरुको स्वामित्व, अधिकार र सहभागिताका लागि अझै निरन्तर खबरदारीको आवश्यकता रहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सरकारले फिर्ता लिनु संघर्ष समितिको आंशिक सफलता मात्रै भएको बताउँदै आज माइतीघर मण्डलामा हुने पूर्वनिर्धारित खबरदारी र जनप्रदर्शन कार्यक्रम कायमै रहेको पनि उल्लेख छ ।