भारतको अन्तर्राष्ट्रिय हवाई अड्डामा एक नेपालीलाई अभद्र व्यवाहार - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारतको अन्तर्राष्ट्रिय हवाई अड्डामा एक नेपालीलाई अभद्र व्यवाहार



नयाँ दिल्ली /भदौ २९ 

भारतको नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा एक नेपालीलाई ईमिग्रेसनको क्रममा  काउन्टर नम्बर ३९का एक भारतीय कर्मचारीले अभद्र व्यवाहार गरेका छन् ।

बुटवल १२,रुपन्देहीको  तिलोत्तमा नगरपालिका निवासी दुर्गा बहादुर थापा मगर उर्फ गोपाल थापालाई भदौ २५ गते काठमाडौं देखि दिल्ली आउने क्रममा अभद्र व्यवहार गरेको बताएका छन् ।आवश्यक कागजात हुदा हुदै पनि करिब एक घण्टा त्यहाका एक कर्मचारी रोकेको थापाले हिमाल पोस्टलाई बताएका छन् ।

‘तुम नेपाली क्या कर्ने के लिए आते हो कभी बस तो कभी प्लेन से आते हो ‘भन्दै थापालाई गालि समेत गरेको उनले  बताए ।यसरी आवश्यक   कागजपत्र हुदा हुदै पनि नेपाली नागरिकलाई   दुख दिएको खेद   प्रकट गर्दै माओबादी केन्द्र निकट आरबी खडका र  प्रवासी  नेपाली संघका लोकनाथ भण्डारीको विशेष पहलमा   दोषीलाई कारवाहीको माग गर्दै भारत स्थित नेपाली राजदुतावासलाई जनाकारी गराएको बताएका  छन्   ।