आरक्षणको बिरोधमा भारत बन्दको घोषणा !
काठमाडौं । आरक्षणको बिरोधमा आज भारत बन्दको घोषणा गरिएको छ ।
एक हप्ता देखि भारतमा आन्दोलन जारी छ । आठ दिन पहिले दलित संगठनहरुले भारत आव्हन गरेका थिए । आज आरक्षणको विोधका नाममा अर्को समुहले भारत बन्द गरेको हो । यसलाई ध्यानमा राखेर केन्द्र सरकारले सबै राज्यमा सुरक्षा अवस्था कडा पारेको छ ।
यहि अप्रैल २ मा भारत बन्द हुँदा १७ जनाको मृत्यु भएको थियो ।
सर्बोच्च अदालतले गरेको फैसला विरुद्ध भारतमा आन्दोलन चर्किरहेको छ ।
सर्वोच्च अदालतले ‘एससी–एसटी’ ऐक्टबारे गरेको फैसलाविरुद्ध दलित संगठनले आह्वान गरेको भारत बन्द हिंस्रक बन्दै गएको छ ।
केही राज्यमा परिस्थिति नियन्त्रण बाहिर गएको भन्र्द सामाजीक सञ्जालमा समेत चर्को आवाज उठीरहेको छ ।
भारतका गुजरात, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, उडिसामा व्यापक धरपडक भएको र केही मानिसको मृत्यु भएको खबर आएका छन् ।
मध्य प्रदेशको ग्लावियर र मुरैनामा भएका हिंसामा चार जनाको मृत्यु भएको पुष्टी भएको बताइएको छ।
बन्दका क्रममा सयौं सवारी साधन र भौतिक संरचना तोड्फोड गरिएको छ ।