स्कुल, कलेज बन्द हुने, भर्ना र परीक्षा मात्रै खुला - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्कुल, कलेज बन्द हुने, भर्ना र परीक्षा मात्रै खुला



काठमाडौं- सरकारले विद्यालय तथा क्याम्पससहितका शैक्षिक संस्थाहरु खोल्ने निर्णय भने गरिसकेको छेन।

सरकारको निर्णय सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले शैक्षिक संस्थाहरुमा भर्ना भने भदौ १ गतेबाट सुरु हुने जानकारी दिए।

कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेयता शैक्षिक संस्थाहरु ठप्प छन्। सरकारले परीक्षा सञ्चालन पनि खुला गरेको छ।

नयाँ शैक्षिक सत्रसमेत सुरु हुन सकेको छैन। अनलाइन कक्षाहरु सञ्चालन भइरहे पनि निजी विद्यालयहरुले त्यो पनि बन्द गरिसकेका छन्।