विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय



काठमाडौं- सरकारले बिद्यालय लाखोलेरै विद्यार्थी भर्ना खुला गर्ने तयारी गरेको छ। ब्यापक दवावका कारण सरकारले यस्तो निर्णय गरेको हो ।

स्रोतका अनुसार अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन् तर भर्ना कार्यक्रम भने खोलिने छ । लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेको बताए।

धेरैजसो विद्यालयमा अहिले पनि क्वारेन्टिन बनाइएको छ। ति विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ।

यस्तै, सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ।

निजि विद्यालयहरूको चर्को दवावका कारण भर्ना लिन छुट दिने सरकारले निर्णय गरेको हो । तर, अभिभावक भने यसमा खुशी छैनन् ।