तीन दिनसम्म देशभर भारी वर्षा हुने ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

तीन दिनसम्म देशभर भारी वर्षा हुने !



काठमाडौं । आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।

मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो ।

आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी सोमबार राति मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार भने पूर्वी स्थानमा मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम विज्ञान विभागले जनाएको छ ।