देशका धेरै ठाउँमा भारी वर्षा हुने - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

देशका धेरै ठाउँमा भारी वर्षा हुने



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मौसममा बद्ली हुने जनाएको छ । शुक्रबार (हिजो) विशेष बुलेटिन निकालेर महाशाखाले अहिले देशभर मौसम सफा रहेपनि भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ ।

आज प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भू-भागमा आंशिक बदली हुनेछ । प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मति प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आज नेपालमा आंशिकदेखि सामान्य बदली हुने भएको हो ।

भोलिदेखि भने केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ । सँगै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित ठुलो वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले विशषेगरेर यात्रा तथा कृषि कार्य गर्दा सजक रहन आग्रह गरेको छ ।