भारी वर्षा र बाढीका कारण भारतमा ७७४ जनाको मृत्यु - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

भारी वर्षा र बाढीका कारण भारतमा ७७४ जनाको मृत्यु



नयाँ दिल्ली। भारत यतिबेला प्राकृति प्रकोपको ठूलो चपेटामा परेको छ । पछिल्लो समय लगातार भएको भारी वर्षा र बाढीका कारण भारतमा ठूलो मानवी र भौतिक क्षति भएको छ । केरलापछि भारतका हिमाचल र उत्तराखण्ड राज्यको अवस्था वर्षा र बाढीका कारण अहिले अवस्था नाजुक भएको छ ।

गृह मन्त्रालयका अनुसार मनसुन शुरु भएयता भारतका सात राज्यमा वर्षा र बाढीका कारण ७७४ जनाको मृत्यु भएको छ । मौसम विभागले उत्तरप्रदेश, हिमाचल प्रदेश, उत्तराखण्ड, केरला, कर्नाटक, तमिलनाडु, पश्चिम बंगाल, आसाम, नगाल्याण्ड र अरुणाचल प्रदेशलगायत १६ राज्यमा भारी वर्षाको अलर्ट जारी गरेको छ । वर्षाका कारण भारतको पवित्र तीर्थस्थल अमरनाथ यात्रामाथि पनि रोक लगाइएको छ ।

गृह मन्त्रालय अन्तर्गनको इमर्जेन्सी रेस्पोन्स सेन्टर (एनआसी) ले दिएको जानकारी अनुसार बाढीका कारण केरलामा १८७, उत्तर प्रदेशमा १७१ पश्चम बंगालमा १७० र महाराष्ट्रमा १३९ जनाको ज्यान गएको छ । यस्तै गुजरातमा ५२, आसममा ४५, नागाल्याण्डमा आठ जनाको मृत्यु भएको छ । भने, केरलामा २२ जना र पश्चिम बंगाल पाँच जना बेपत्ता छन् । बाढीमा २४५ जना गम्भीर घाइते भएका छन् ।

बाढीले सबभन्दा बढी केरला राज्यमा क्षति गरेको छ । यहाँ बाढीले ८ हजार अर्थात ८० अर्ब बराबरको क्षति भएको छ ।

शनिबारदेखि लगातार परेको पानीका कारण हिमाञ्चल प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा स्कूल बन्द गर्ने घोषणा गरेको छ । उत्तराखण्डको हरिद्वार, पिथौरागढ, नैनितालगायतका क्षेत्रमा परेको भारी वर्षाका कारण बदरीनाथ नेशनल हाइवेमा यातायात ठप्प छ । भनेर देहरादुनमा कक्षा १२ सम्मका स्कूल कलेज बन्द छन् ।

यस्तै जम्मू–कस्मिरमा पनि मौसम विभागले बाढी आउने भन्दै हाई अलर्ट गराएको छ । बाढीले भारतका अन्य राज्यमा पनि जनजीवन प्रभावित पारेको छ ।