भारतीय बजारमा यौनजन्य व्यवसायका लागि नेपाली युवतीको खुलेआम बिज्ञापन ! - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

भारतीय बजारमा यौनजन्य व्यवसायका लागि नेपाली युवतीको खुलेआम बिज्ञापन !



नयाँ दिल्ली । भारतका विभिन्न सहरमा खुलेअाम याैन व्यवसायमा नेपाली युवतीकाे खुलेअाम विज्ञापनसहित व्यापार हुने गरेकाे खुलेकाे छ । अालै सर्वजनिक भएकाे एक तस्बिरले उक्त कुराकाे खुलासा गरेकाे हाे ।याैन व्यवसायका लागि नेपाली युवती पाइन्छ भन्दै भारतमा सार्वजनिक बिज्ञापन गरिएको तस्बिर फेला परेको हाे ।

सामाजिक सञ्जालमा भाइरल भएकाे उक्त तस्बिरमा भारतका सबै प्रदेशमा मोजमस्ती तथा यौन सम्पर्कका लागि महिलाको नाम र नम्बर समेत उपलब्ध गराइने बताइएकाे छ त्याे पनि गाेप्य र सुरक्षित तरिकाले ।विज्ञापनमा राम्राे पैसा दिनेलार्इ नयाँ र फ्रेस युवती पाइने पनि उल्लेख गरिइएकाे छ । ‘हामीसँग बंगलादेशी र नेपाली युवतीहरु उपलब्ध छन’भन्दै विज्ञापनकाे अन्त्यमा नाेटसमेत लेखिएकाे छ ।

नेपाल प्रेस काउन्सीलका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जालमा सो तस्बिर राख्दै प्रश्न गरेका छन् – ‘दिल्लीस्थित दूतावासमा बस्ने साथीहरु के गर्दै र हेर्दै दिन कटाउनुहुन्छ ? मौजमस्ती और सेक्स मार्केट खुलेर नेपाली लड्की उपलब्ध हुने बिज्ञापन यसरी हाकाहाकी निक्लँदा देशको हुर्मत लिइँदा खोजवीन,छानबिन, कार्वाही हुनुपर्दैन ?’

पत्रकार श्रेष्ठको पोस्टपछि दिल्लीस्थित नेपाली दुतावासका राजनीतिक कन्सुलर हरी ओडारीले ट्वीट  लेख्दै दिल्ली प्रहरीलार्इ घटनाका बिषयमा जानकारी गराएको बताएका छन । ओडारीले लेखेका छन ‘बिषयको जानकारीका लागि धन्यबाद, यस सम्बन्धमा हामीले दिल्ली प्रहरीलार्इ हेर्न भनेका छौं’ ।केही युवतीहरुको तस्बिर समेत राखिएको उक्त पोस्टरमा यसरी देशको नाम जोडेर प्रचारप्रसार गरिनु दण्डनिय अन्तरदेशीय  अपराध मान्निछ ।