भरतपूरमा गठबन्धन र एमालेको टक्कर, यस्तो छ नयाँ मतदातासहितको अंकगणित - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

भरतपूरमा गठबन्धन र एमालेको टक्कर, यस्तो छ नयाँ मतदातासहितको अंकगणित



भरतपुर- स्थानीय तहको निर्वाचन नजिकिएसँगै फेरि उठ्न चाहने जनप्रतिनिधिहरूले राजीनामा गर्ने लहर चलिसकेको छ भने पार्टीहरूले चुनावी अभियानलाई तिब्र बनाइरहेका छन् ।

सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा भागबण्डा मिलाएपछि केहि असन्तुष्टिका स्वरहरू आएपनि दलहरूले साम्य पार्न लागिपरेका छन् । महानगर र उपमहानगरमा भागबण्डा अनुसार उम्मेदवार सिफारिस गरिसकेका छन् ।

देशभरका महानगरमध्ये भरतपुर महानगर यतिबेला चर्चाको केन्द्रमा छ । माओवादीको भागमा परेको यो महानगरमा पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल नै फेरि लड्ने तयारी गरेपछि सर्वसाधारणले हिसाबकिताब गर्न थालेका छन् ।

भरतपूर महानगर पनि गएको स्थानीय तह निर्वाचनमा नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसले गठबन्धनको माध्यमबाट प्रमुख र उपप्रमुख क्रमश जितेको थियो । अहिले पनि यहाँ प्रमुख माओवादी र उपप्रमुख कांग्रेसको भागमा परेको छ ।

गएको निर्वाचनमा भरतपुरको कुल मतदाता संख्या १ लाख ५० हजार २७३ रहेको थियो । अहिले यहाँ ३५ हजार ४७९ नयाँ मतदाता थपिएर १ लाख ८५ हजार ७५२ मतदाता संख्या पुगेको छ । २०७४ को स्थानीय चुनावमा भरतको प्रमुखतर्फ नेकपा एमालेले ४२९२४ मत ल्याएका थिए । गठबन्धनबाट रेणु दाहालले ४३,१२७ मत ल्याएकी थिइन् । यहाँ गठबन्धन ७७६ मतले मात्र अघि छ ।

अहिले भने एमाले पनि विभाजित भएको र एमाले विरोधी एकता भएकाले गठबन्धनले केहि आशा गर्न सकिने अवस्था भने छ ।