भरतपुरमा गठबन्धनको चुनावी सभास्थल नै डुबानमा - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

भरतपुरमा गठबन्धनको चुनावी सभास्थल नै डुबानमा



सत्ता गठबन्धनले आयोजना गरेको भरतपुरको कार्यक्रम प्रभावित हुने भएको छ । चितवनको भरतपुरमा रेणु दाहालका लागि भोट माग्न राखिएको बृहद कार्यक्रम प्रभावित हुने देखिएको हो ।

गठबन्धनको आयोजनामा हुने संयुक्त चुनावी सभामा वर्षाका कारण समस्या आउने देखिएको छ । गएराति भएको भिषण वर्षाका कारण चुनावी कार्यक्रम गर्ने स्थान डुबानमा परेको बताइएको छ ।

वर्षका कारण जलमग्न भएपछि चुनावी सभा प्रभावित हुने देखिएको बताइएको छ । चुनावी सभामा शीर्ष नेताहरूलाई सम्बोधनका लागि भरतपुरको हाकिम चोकमा मञ्च बनाएको छ । तर, वर्षाका कारण कार्यक्रमस्थल डुबानमा परेको छ ।

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरू बुधबार नै चितवन पुगिसकेका छन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला भने कार्यक्रममा उपस्थित नहुने भएका छन् ।