भरतपुर विमानस्थल १० दिन बन्द
काठमाडौं– चितवनको भरतपुर विमानस्थल मर्मत गर्नुपर्ने भएकाले १० दिनका लागि बन्द गरीने भएको छ ।
मंसिर १५ गते देखि २४ गतेसम्म रनवे मर्मत गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार विमानस्थलको रनवे मर्मत गर्न लागिएकाले १० दिनको लागि सम्पूर्ण उडान बन्द गर्न लागिएको हो ।
सो अवधिमा कुनै पनि उडान नहुने जानकारी प्राधिकरणले दिएको छ ।