पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था जटिल - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था जटिल



काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

गत माघ २ गते राती १२ बजे मुटु, स्वासप्रस्वास र छातिको संक्रमणको उपचारका लागि ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका नेता अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो ।

स्वास्थ्यसुधार हुन नसकेपछि नेता अधिकारीको बुधबारदेखि सिसियूमा राखेर उपचार भइरहेको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

८२ बर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, जलश्रोत, कानुनलगायतका मन्त्रालयको नेतृत्व गरेका थिए । उनले पार्टीका स्थायी कमिटी सदस्यलगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गरेको नेकपाले जनाएको छ ।

यसैबीच, नेकपाले केन्द्रीय कार्यालयको तर्फबाट बिज्ञप्ती जारी गरी अधिकारीको स्वास्थ्यलाभको कामना गरेको छ ।