बाबुरामले भरतमोहनलाई यसरी सम्झीए - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

बाबुरामले भरतमोहनलाई यसरी सम्झीए



नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेता भरतमोहन अधिकारीको सुकर्मको सम्झना नेपाली जनताले सधैंभरि गरिरहने बताएका छन् ।

अधिकारीको निधनले आफू मर्मात भएको पनि डा. भट्टराईले बताएका छन् । डा. भट्टराईले अधिकारीलाई ‘लोकतान्त्रिक आन्दोलनका अथक योद्धा’को संज्ञा दिएका छन् ।

अधिकारी उपचारका लागि भर्ना भएको बेला गत शुक्रबार ह्याम्स अस्पतालमा गम्भीर अवस्थामा भेटेको स्मरण गर्दै डा.भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा आदरणीय अग्रज भरतमोहन अधिकारीको दुःखद निधनले मर्माहत छु ! अस्ति शुक्रबार अस्पतालमा भेट्दा गम्भीर अवस्थामा हुनुहुन्थ्यो । सधैं हँसमुख रहने असल मान्छे अब सबैलाई रूवाएर जानुभो ! तपाईंका सुकर्मको सम्झना नेपाली जनताले सधैं गरिरहनेछ ! अन्तिम सलाम !’

शनिबार राति ८२ वर्षको उमेरमा नेता अधिकारीको निधन भएको थियो । नेकपा नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिने छ ।