भरतमोहनलाई राष्ट्रिय सम्मान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भरतमोहनलाई राष्ट्रिय सम्मान



सरकारले शनिबार दिवंगत भएका वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राष्ट्रिय सम्मान दिने भएको छ ।

त्यसका लागि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । अधिकारीको राष्ट्रिय सम्मानका लागि अन्त्येष्टि गर्ने तयारी भएको एक मन्त्रीले काठमाण्डुटुडेलाई बताए । ०५१ सालमा मनमोहन अधिकारी नेतृत्व सरकारमा अर्थमन्त्री रहेका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमका कारण लोकप्रिय थिए ।

उनैले वृद्धवृद्धालाई मासिक एक सय भत्ता दिन सुरु गरेका थिए । उक्त भत्ता बढेर हाल मासिक दुई हजार पुगेको छ । अधिकारीको ८३ वर्षको उमेरमा शनिबार राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । अधिकारीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।