भारतमा १५ लाख चाेरेर भागेका एक नेपाली पक्राउ - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

भारतमा १५ लाख चाेरेर भागेका एक नेपाली पक्राउ



कैलाली । भारतबाट १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली बैतडीमा पक्राउ परेका छन् ।

दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय नीरजबहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीले गएराति उनकै घरबाट पक्राउ गरेकाे हाे । उनी भारतको राजस्थानमा काम गर्दै आएका थिए । आफू काम गर्दै आएकाे मालिककाे घरबाटै पैसा चोरेर भागेपछि उनलाई पक्राउका लागि सर्कूलर जारी गरिएकाे थियाे ।

पक्राउ परेका चन्दले भने आफूले १४ लाख भारु मात्रै चोरेको प्रहरीसँग स्वीकार गरेका छन् । उनी चाेरेर भागेपछि भारतस्थित नेपाली दूतावासले पक्राउ गर्न पत्राचार गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चन्द भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए ।

तर उनकाे साथमा भने डेढ लाख मात्रै नगद फेला परेको र बाँकी पैसा कैलाली कसैलाई बुझाएको खुलेकाे छ । उनलाई कैलाली प्रहरीसमक्ष पठाउने तयारी भइरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।