नेपाल संविधान संशोधनको एजेण्डामा ब्याक हुँदा भारतमा खुसीयाली - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेपाल संविधान संशोधनको एजेण्डामा ब्याक हुँदा भारतमा खुसीयाली



काठमाडौं- नेपालमा संसदको कार्यसूचिबाट संविधान संशोधनको एजेन्डा हटाएपछि भारतीय मिडियामा खुसीयाली छाएको छ ।

एकाएक कार्यसूचबाट एजेन्डा हटाएपछि यसलाई ‘नयाँ नक्साको प्रस्ताव फिर्ता लिएको’ भन्दै भारतीय मिडियाले प्रचारबाजी गरिरहेका छन्।

भारतीय मिडिया आजतकले ‘नक्सा विवादमा पछि हट्यो नेपाल, नयाँ नक्साको प्रस्ताव फिर्ता लियो’ भन्दै समाचार बनाएको छ ।

भारतका पत्रकार सञ्जय ब्रग्ता संविधान संशोधन विधेयक कार्यसूचिबाट हटाउनेबारे प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा निर्णय भएको संकेत गरेका छन् ।

उनी लेख्छन्, ‘मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सासम्बन्धी मुद्दामाथि राष्ट्रिय सहमति बनाउनका लागि सर्वदलीय बैठक बोलाएका थिए । जहाँ छलफलबाट समस्या समाधान गर्नुपर्ने सुझाव आएको थियो । नेपालमा सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संविधान संशोधन विधेयकलाई संसदको कार्यसूचिबाट हटाइएको छ ।’

र्‍यापिड लिक्स इण्डियाले भने संविधान संशोधनको एजेन्डालाई कार्यसूचिबाट हटाएर नेपाल एक कदम पछाडि हटेको टिप्पणी गरेको छ ।

नेपालमा संविधान संशोधनको कार्यसूचि हटाइए पनि यसबारे कारण सम्बन्धित निकायहरुले कारण खुलाएका छैनन् । सामाजिक सञ्जालमा भने सरकारसँग आशंका गर्दै आलोचना सुरु भएको छ ।

यद्यपि, नेपाली कांग्रेसले केन्द्रीय समितिमा छलफल गरेर निर्णय गर्ने भनेपछि सरकारले कांग्रेसलाई निर्णयका लागि केही समय दिन सभामुखसँग उक्त एजेन्डा तत्कालका लागि हटाउन माग गरेको थियो ।