भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल "नेपाली देशभक्त आवाज" - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल “नेपाली देशभक्त आवाज”



हिमाल पोस्ट /चैत्र १ ,भारत 

नवलपरासी निवासी १७ वर्षीय (नाम परिवर्तन) पुष्पा खरेल गत चैत १० गतेको दिन कलेज गएकि त्यो दिन देखि लापता भई १५ दिन पछि भारतको क्राइम यरिया अलिगढ स्थित गुन्डाहरुको चुङल बाट नेपाली देशभक्त आवाजका प्रतिनिधिहरूले ती नाबालिकलाई सकुसल उद्धार गर्न सफल रहेका छन् ।

भारत बाट नेपालमा तन्ना,कम्बल,कपडा आदि इत्यादिको व्यापार गर्न हिडेका भारतीय ममडेनहरु ले नेपाली सोझा नारी तथा महिलाहरूलाई झुक्काएर फसाउने धन्दा गर्दै आएका दुई भारतीय नागरिक रिहान र रिहासदले यी बालिकालाई फसाएर भारत पुर्याइएको समाचारमा खुल्न आएको छ ।भारत पुर्याए पछि फोन गरेर फिरौती मागेको मोबाइल नम्बर ट्रयाक गरी ती बालिका भएको स्थान पत्ता लगाई बचाउन सफल रहेको थियो ।

पीडितले बताए अनुसार घटना फिल्मी स्टाइलमा भएको थियो भने ती बालिकालाई पनि फिल्मी स्टाइलमा नै ती गिरोहको हातबाट निकाल्न सफल रहेकाछन नेपाली देशभक्त आवाजले गत फागुन देखि अहिलेको फागुन सम्म विभिन्न समस्या तथा बिचल्लीमा परेका १९ जना महिला तथा बालिकाको उद्धार गरेको छ ।

अहिलेको समयमा सबै मानिसहरू पैसाको पछि भागेका हुन्छन् तर नेपाली देशभक्त आवाजका प्रतिनिधिहरू नेपाल र नेपालीहरूका निमित्त आफ्नो जिउज्यान बाजि लगाएर आफ्नै खल्ती बाट खर्च गरेर भए पनि निस्स्वार्थ भावानाले पिडितहरुलाइ उद्धार गर्न हरदम तयार रहेका हुन्छ्न यिनीहरूलाई कुनै सङ्घ संस्था सरकार या ब्याक्तिहरुले तलब भत्ता दिदैन तरपनी परेको खण्डमा यसरी एक्सन लिएर काम फत्ते गर्ने गरेकाछन ।

हाल दिल्ली एन सी आर क्षेत्रमा हरेक कामकाजमा अब्बल रहेको सो संस्थाले हरेक ब्याक्तिहरुका लागि परि आएको खण्डमा आफू सक्दो सहयोग गर्दै आएकोछ र आगामी दिनहरूमा पनि गरिरहने संस्थाका पदाधिकारीले बताएका छन् साथै हरेक नेपाली नारी तथा महिला दिदीबहिनीहरु यस्ता ब्याक्तिहरु सँग सजक भएर बस्न सबैलाई अनुरोध गरेका छन् ।