भारतलाई राष्ट्रसंघले पनि दियो कडा चेतावनी ! - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतलाई राष्ट्रसंघले पनि दियो कडा चेतावनी !



संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयोगले भारतलाई अल्पसंख्यकमाथि उत्पीडन गरेको भन्दै चेतावनी दिएको छ। राष्ट्रसंघको मानवअधिकार उच्चायोगकी प्रमुख मिशेल बाचलेले बुधबार भारतलाई चेतावनी दिँदै विखण्डन र उत्पीडनकारी नीति अंगिकार गरेको भन्दै कडा चेतावनी दिएकी हुन।

उनले राज्यले नै विखण्डनकारी नीति लिएकाले आर्थिक झट्का लाग्नसक्ने भन्दै चेतावनी दिएकी हुन। मिशेलले संकीर्ण राजनीतिक एजेन्डाका कारण समाजमा कमजोर तप्का दयनीय अवस्थामा रहेको बताइन। उनले भनिन, ‘हामीलाई आएको प्रतिवेदनमा भारतमा अल्पसंख्यकहरूमाथि उत्पीडन भइरहेको संकेत देखिएका छन। खासगरी मुस्लिम र ऐतिहासिक रूपमा वञ्चित समुदाय, दलित र आदिवासीमाथि उत्पीडन बढीरहेको छ।’

मिशेलले संयुक्त राष्ट्रसंघ मानवअधिकार काउन्सिलको कार्यालयमा आएको प्रतिवेदनमा यस्ता कुरा रहेको बताएको बीबीसीले लेखेको छ। गतवर्ष संयुक्त राष्ट्रसंघको मानअधिकार परिषदले भारत सरकारले कश्मीरमा मानवअधिकार उलंघन गरेको भन्दै जाँच गर्ने बताएको थियो।

भारतले भने यस्ता प्रतिवेदन र चेतावनी सही नभएको भन्दै अश्वीकार गर्दै आएको छ। भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा आएको राष्ट्रसंघको चेतावनीले यो विषय चुनावी एजेन्डा बन्ने देखिएको छ।