भारतका नौ वर्षीय कौटिल्य पण्डित (गुगल ब्वाइ) नेपालमा
काठमाडौँ, चैत ११ गते ।
धार्मिक भ्रमणको उद्देश्यले अद्भूत क्षमतावान् भनेर चर्चित भारतका नौ वर्षीय कौटिल्य पण्डित (गुगल ब्वाइ) बिहीबार नेपाल आउनुभएको छ ।
धार्मिक भ्रमणको सुरूवातको क्रममा शुक्रबार उहाँले पशुपतिनाथको पूजा आराधना गर्ने कार्यक्रम रहेको छ ।
हाइल्यान्ड इन्टरटेनमेन्ट प्रालि लगायतको संस्थाको निमन्त्रणामा नेपाल आउनुभएका भारतको हरियाणा राज्यमा जन्मिएका गुगल ब्वाइले काभे्रको काभे्रपलाञ्चोक भगवती, सिन्धुलीको कुशेस्वर महादेव, काठमाडौँ र पोखराका विशेष धार्मिक एवं पर्यटकीय स्थानहरूको भ्रमण गर्ने कार्यक्रम रहेको संस्थाका सल्लाहकार वसन्त श्रेष्ठले जानकारी दिनुभयो।