भारतीय प्रहरीद्वारा नेपाल प्रहरीमाथि हातपात - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भारतीय प्रहरीद्वारा नेपाल प्रहरीमाथि हातपात



काठमाडौं । मदिरा पिएर नेपाल प्रहरीलाई हातपात गर्न खोज्ने तीन भारतीय प्रहरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।

भारतमा लोक सभा चुनाव भइरहेको र उक्त चुनावमा खटिइ नेपालतर्फको बोर्डरसम्म आएका बिहारी मिलिटिरी फोर्सका शिव एस कम्पनी बटालियन सीतामढीका तीन जना प्रहरीलाई पक्राउ गरी भन्सार प्रहरीको जिम्मा लगाइएको छ।

उनीहरु चुनावमा थप मद्दतका लागि भारतको बैरगनियाँ आएका थिए। हवल्दार पृथ्वी पुनको नेतृत्वमा सिपाही खड्गबहादुर भण्डारी र सुमन आले नेपाल छिरेका हुन्।

नेपाल छिरेका उनीहरुले एक पसलमा रक्सी खाएर आपसमा झगडा गरेका र गौर भन्सारमा रहेका सुरक्षा गार्ड सम्झाउन पुग्दा उनीहरुले त्यहाँका नेपाल प्रहरीमाथि हातपात गर्न खोजेका थिए।

लगत्तै नजिकै रहेको नेपाल सशस्त्र बेसक्याम्पका सई शिवहरि थापाको टोलीले तिनीहरुलाई नियन्त्रणमा लिएको हो।, समाचार नागरिक दैनिकमा छ ।