भारतीय नेताले भने: भारतले नेपालबाट सिक्नुपर्ने धेरै रहेछ - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

भारतीय नेताले भने: भारतले नेपालबाट सिक्नुपर्ने धेरै रहेछ



काठमाडौं– भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद हर्षवर्धनले नेपालका राजनीतिक दलहरुबीच सद्भाव उदाहरणीय भएको टिप्पणी गरेका छन्। उनले नेपालबाट भारतले धेरै सिक्नुपर्ने कुराहरू भएको बताएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै नेता हर्षवर्घनले नेपाली नेताहरुको संस्कार अरुले पनि सिक्न लायक भएको बताए।

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा सहभागी प्रमुख दलका शीर्ष नेतालाई संकेत गर्दै हर्षवर्धनले एउटै मञ्चमा धेरै प्रधानमन्त्री उपस्थति भएको अन्य कहिँ पनि नदेखेको बताए।

‘एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री मैले कहिल्यै देखेको थिइनँ। भारतमा पनि देखेको थिइनँ,’ हर्षवर्धनले भने।

एउटा पार्टीको महाधिवेशनमा फरक–फरक विचारधारा भएका दलका नेताहरु सहभागी हुनुलाई पनि उनले उदाहरणीय भन्दै प्रशंसा गरे।

‘एउटा पार्टीको महाधिवेशन भएको र देशका प्रमुख पार्टीका नेताहरु त्यहाँ सहभागी हुने कुरा दुनियाँमा कतै हुँदैन। अस्ति एमालेको कार्यक्रममा पनि त्यस्तै भयो। अहिले पनि त्यस्तै भइरहेको छ,’ हर्षवर्धनले भने।

भारतमा पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा यस प्रकारको उपस्थिति नभएको उनले बताए।