नेपालमा हिन्दुराष्ट्रको कुरो, भारतीय मिडियालाई मसला ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

नेपालमा हिन्दुराष्ट्रको कुरो, भारतीय मिडियालाई मसला !



नेपालमा हिन्दुराष्ट्रको माग उठ्न थालेपछि भारतीय मिडियामा एक प्रकारको उत्साह देखिएको छ । आधा दर्जनभन्दा बढी भारतीय संचारमाध्यमले नेपालमा धर्मनिरपेक्षता अन्त्य र हिन्दुराष्ट्र स्थापनाको मागबारे समाचारलाई महत्वका साथ प्रकाशित गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदै धर्मनिरपेक्षता अन्त्य, सनातन हिन्दुराष्ट्र स्थापना, राजसंस्थासहित सर्वपक्षीय गोलमेच सम्मेलनलगायतका माग गरेको विषयलाई भारतीय मिडियाले महत्वका साथ प्रकाशित गरेका हुन् ।

दैनिक जागरण अखबारले नेपालका पूर्वउपप्रधानमन्त्री कमल थापा नेतृत्वको पार्टीले हिन्दुराष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको उल्लेख गरेको छ भने अर्को दैनिक अखबार ‘अमर उजाला’ले पनि यो समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

त्यस्तै नवभारत टाइम्स दैनिक, हिन्दुस्तान दैनिकलगायतले पनि उक्त समाचारलाई महत्व दिएका छन् ।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष, प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभामा दुई घण्टाभन्दा लामो समय गरेको सम्बोधनका विषय भने भारतीय सञ्चारमाध्यमको रोजाइमा परेका छैनन् ।