भारतको सुरक्षा निकायमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध - Himal Post Himal Post
  • १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
Logo

भारतको सुरक्षा निकायमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध



नयाँ दिल्ली- भारतको सुरक्षा जगतमा सामाजिक सञ्जाल चलाउन लगाइएको प्रतिवन्धको खबरले यतिबेला चर्चा पाएको छ ।

पछिल्लो समय नयाँ नयाँ कानुनको अभ्यास गरेको भारत सरकारले के गर्न लागिरहेको छ भन्दै सर्वसाधारण अन्योलमा परेका छन्

यो प्रतिबन्ध भने भारतीय सुरक्षा निकाय जलसेनालाई मात्र लगाइएको हो । जलसेनाले सामाजिक सञ्जाल फेसबूक चलाउन आफ्ना सैनिकहरूलाई प्रतिबन्ध लगाएको छ ।

यसका साथै जलसेना अड्डा, डकयार्ड र युद्धपोतहरूमा स्मार्टफोन चलाउन समेत प्रतिबन्ध लगाइएको छ ।

सामाजिक सञ्जालमा जासूसी संस्थाका संवेदनशील सूचनाहरू लीक गरेको अवस्थामा सातजना जलसैनिकहरू पक्राउ परेपछि सेनाले कठोर कदम चालेको हो ।

प्रतिबन्धात्मक आदेश शुक्रवार दिइएको हो । पुस ४ गते विशाखापट्टनमबाट आठजना सर्वसाधारण र सातजना जलसैनिकहरू पक्राउ परेपछि यो आदेश दिइएको हो ।

सबै मेसेजिङ याप र सामाजिक सञ्जाल नेटवर्कहरूमा प्रतिबन्ध लगाइएको हो । फेसबूकमा प्रतिबन्ध लगाइएपछि उसको स्वामित्वमा रहेको इन्स्टाग्राम, ह्वाट्सयाप लगायतमा पनि प्रतिबन्ध लागेको छ ।

शत्रुहरूले सामाजिक सञ्जाल साइटहरूको उपयोग गरेर जलसेनाmलाई तारो बनाएको र अनेकौं सूचनाहरू मेटाउन खोजेको पाइएपछि जलसेनाले यो कदम चालेको हो ।