अन्तरराष्ट्रिय उडान बन्द गर्ने भारत सरकारको निर्णय - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अन्तरराष्ट्रिय उडान बन्द गर्ने भारत सरकारको निर्णय



काठमाडौं– भारत सरकारले अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतले यस्तो निर्णय गरेको हो ।

संक्रमण फैलिन सक्ने भन्दै नियमित अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्मका लागि भारत सरकारले स्थगित गर्ने निर्णय गरेको छ। यसअघि भारत सरकारले १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बताएको थियो।

नागरिक उड्डयन महानिर्देशनालयले कोरोना संक्रमणको जोखिम रहेको भन्दै ३१ जनवरीसम्मका लागि उडान स्थगन गर्ने जनाएको छ।

यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो र नागरिक उड्डयन महानिर्देशनालयद्वारा स्वीकृत अन्तर्राष्ट्रिय उडानहरूको लागि लागू हुनेछैन।नागरिक उड्डयन महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यवसायिक उडानलाई विशेष परिस्थितिमा अनुमति दिन सकिने जनाएको छ।

भारतको ३० भन्दा बढी देशहरूसँग हवाई बबल सम्झौता पनि छ, जस अन्तर्गत धेरै देशहरूमा उडान जारी छन्।