भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो



काठमाडौं – भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, भारतले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो ।

भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ (६.३६ रुपैयाँ) बनाएको छ ।

६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ ।

नेपाल विद्युत प्रासधकरणले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको  छ ।