भारतमा आज ७० औँ गणतन्त्र दिवस - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

भारतमा आज ७० औँ गणतन्त्र दिवस



काठमाडौं । भारतले शनिबार आफ्नो ७० औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउदै छ । दिवसको अवसरमा भारतको राजधानी नयॉ दिल्लीको लालकिल्लामा विशेष कार्यक्रम गरिदै छ ।

विशेष कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । दिवसको अवसरमा काठमाडौं स्थित भारतीय राजदुतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

७० औं गणतन्त्र दिवसका अवसरमा नेपालका लागि भारतीय राजदुत मञ्जिबसिंह पुरीले नेपालमा भएका सम्पूर्ण भारतीय नागरिकलाई शुभकामना व्यक्त गर्नुभएको छ । राजदुत पुरीले नेपाल र भारतबीचकोे ऐतिहासिक सम्बन्धलाई बढ्दो साझेदारीको ठोस आधार भएको उल्लेख गर्दै गत वर्ष दुई सरकारबीच निकै सफल तीन उच्चस्तरीय भ्रमणहरु भएको स्मरण गराउनुभएको छ ।

राजदुत पुरीले नेपाल सरकारको ‘समृद्ध नेपाली, सुखी नेपाली’ को लक्ष्यलाई पूरा गर्नका लागि साझेदारी अझ अगाडि बढाउने विश्वास पनि ब्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसँंगै नेपाल–भारत सहकार्यको गाँठो पनि सात दशकको पुगेको छ ।