मौसम विभागले भन्यो भारतमा शक्तिशाली आँधी आउछ सचेत रहनु होला ! - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मौसम विभागले भन्यो भारतमा शक्तिशाली आँधी आउछ सचेत रहनु होला !



भारत– भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने भारतीय मौसम विभागले चेतावनी दिएको छ ।

विभागले भारतका तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशका तटीय क्षेत्र लगायतका स्थानमा तीव्र वेगको आँधी आउनसक्ने भन्दै भन्दै मे ३ अर्थात् यही वैशाख २० गतेसम्म सतर्क रहन चेतावनी दिएको हो ।

बंगालको खाडीबाट उठेको उक्त चक्रवातले प्रतिघण्टा १५५ देखि १७५ किलोमिटरसम्म वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन् ।

त्यसको प्रभाव नेपालमा पनि पर्छ कि भनेर यतिबेला चिन्ता र चासो भइरहेको हो।

तर जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले यसबाट हामीले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

मौसमविद् विभूति पोखरेलले भारतको फेनी नामको आँधी समुद्रमा आउने भएकाले नेपालमा त्यसको सम्भावना नरहेको बताइन् । ‘त्यो आँधी समुद्रमा आउने भएकाले नेपालमा आउने सम्भावना देखिँदैन,’ उनले भनिन्, ‘त्यही भएर डराउनुपर्ने अवस्था छैन ।’

तर शुक्रबार बेलुका उक्त आँधीको थोरै असर नेपालका पूर्वी र मध्य क्षेत्रमा देखिने सम्भावना रहेको उनको भनाइ छ । सामान्य वर्षा र हावाहुरी आउनसक्ने भए पनि अहिलेसम्मको अध्ययन अनुसार डराउनुपर्ने अवस्था नरहेको उनले बताइन् ।

अर्का मौसमविद वरुण पौडेलले भने, ‘हामीले फेनी कतातिर जान्छ भनेर डिरेक्सन (बाटो) पछ्याइरहेका छौं ।’

उनले उक्त आँधी कुन बाटो भएर आउँदै छ भनेर अध्ययन भइरहेको बताए । उनले पनि अहिलेसम्मको अध्ययनले फेनी आँधीको सम्भावना नेपालमा नदेखिएको बताए ।

गत चैत २७ गते यसअघि कहिल्यै नआउको ‘टोर्नाडो’ आँधीका कारण २८ जनाको ज्यान गएपछि नेपालमा त्रास फैलिएको छ ।

यस्ताे छ तीन दिनकाे माैसमी विवरणः

बैशाख १८ गते (बुधबार):

दिउँसोः देशै भरि आंसिक देखि सामान्य बदलि रही पश्चिमी भूभागका साथै पुर्बी र मध्य पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
राति: देशै भरि आंसिक देखि सामान्य बदलि रही पश्चिमी भूभागका साथै पुर्बी र मध्य पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

बैशाख १९ गते (विहीबार):

दिउँसोः देशै भरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
राति: देशै भरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

बैशाख २० गते (शुक्रबार):

दिउँसोः देशै भरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राति: देशै भरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।