फेरी भारतले रोक्यो मल
वीरगन्ज –
भारतको कोलकाता बन्दरगाहमा पटक पटक समस्या बेहार्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या बेहोर्नु परेको छ ।
भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा वन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ ।
मल अभावका कारण हिँंउदे बाली लगाउने किसानलाई भने समस्या भएको छ । आजको कारोबारमा निरज पिठाकोटेले लेखेका छन् ।
अहिले कोलकातामा मागअनुसारको रेल र्याक उपलब्ध नभएको साथै बीचबाटो र अन्तिम गन्तव्य वीरगन्ज सुख्खा बन्दरगाहमा पनि जाम भएको भन्दै भारतीय रेलवेले कन्टेनर बोक्ने रेल कोलकाता जान रोक लगाएको छ ।