भारतले मिचेको स्थानमा वाईसीएलले गाड्यो नेपालको राष्टिय झण्डा - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

भारतले मिचेको स्थानमा वाईसीएलले गाड्यो नेपालको राष्टिय झण्डा



पर्सा । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया स्थित नेपाली भुमी भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ ।

आफ्नो भुमि रक्षाका लागि आफुहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो ।

भारतले सिमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले खबरडबलीलाई जानकारी दिए । महतो सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ ।महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० किगा जग्गा मिचेको छ । दीपशिखाका अनुसार मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गरेर बस्नेछ ।

त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ । ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।