भारतले कोशी ब्यारेजका ढोका नखोल्नुका कारणहरू - Himal Post Himal Post
  • १८ आश्विन २०८१, शुक्रबार
  •      Fri Oct 4 2024
Logo

भारतले कोशी ब्यारेजका ढोका नखोल्नुका कारणहरू



 कर्ण बहादुर अधिकारी मकाउ,चीन।

महेन्द्र राजमार्ग अन्तर्गत रहेको कोशी ब्यारेज महेन्द्र राजमार्गलाई पूर्णता दिनु मात्रै नभएर भारतको बिहारी जनताको भावनालाई मध्यनजर राख्दै भारत सरकारले नेपाल सरकार संग प्रस्ताव राखे पश्चात कोशी ब्यारेजको निर्माण सन १९६२मा गरीएको थियो।

१० बर्षमा तयार भएको ब्यारेज तत्कालिन राजा महेन्द्र र भारतीय शाशक जुहारलाल नेहरूले एकै साथ उद्घाटन गरेका थिए।नेपाली भूभाग र नेपालकै नदीमा बाध निर्माण भए पनि कोशी ब्यारेज र लक्ष्मण पुर बाधको सम्पूर्ण जिम्मेवारी राजा महेन्द्रले बिहारी सरकारलाई सुम्पिएको थियो।

कोशी ब्यारेजको सुनसरी तर्फ २८ र सप्तरी तर्फ २८ वटा स्पातको ढोकाहरू रहेको र ती ढोकाको चाबी भारतीय कर्मचारीकै हातमा रहेका कारण कोशी ब्यारेजको पानीले खतराको संकेत दिदा पनि भारत सरकार मौन बस्दै आएको छ।भारतीयहरूको रेख देखमा रहेकै कारण बर्षा याममा पानीको बहाब बढे संगै ढोका नखोली दिनाले नेपाली भूभाग डुवानमा पर्दै आई रहेको छ।यसरी डुवानमा पर्दा भारी मात्रामा जन धनको क्षेती हुँदै आएको छ।

नेपालले भारतलाई कुटनैतिक तवरबाट परराष्ट्र मन्त्रालय मार्फत कोशी ब्यारेजको बिषयमा कुरा उठान गरे पनि भारत सरकार ले कुनै पनि प्रतिकृया दिएको छैन भने नेपालको भूभाग झनै डुबानमा परी रहेको छ।कोशी ब्यारेजको ढोका खोलेमा भारतीयको भूमिलाई पनि तहस नहस बनाउने हुँदा भारत ढोका खोल्न तयार छैन।११४९ मिटर लम्बाईमा रहेको कोशी ब्यारेजले प्रति सेकेण्ड ९ लाख ५० हजार क्युसेक पानी धान्न सक्ने गरी बनाए पनि ५५ बर्ष पुरानो भएकै कारण ३ लाख क्युसेक पानी धान्न पनि कठिन भई रहेको छ।

५५ बर्षे पुरानो सम्झौता नै नेपालीको लागि अभिशाप बनेको छ।बर्षेनी यस्तो समस्या झेल्ने सुनसरी र सप्तरी बासी जनतालाई अहिले सम्म न्याय दिने कोहि छैन भारत ढोका खोलेर नेपाली जनतालाई बचाउन तिर भन्दा पनि आफ्नो जनता बताउन लागि परेको छ।भारतको यो अत्यचार नेपाल सरकार टुलुटुलु हेर्न बिबश छ।सार्बभौम सम्पन्न राष्ट्र नेपाललाई भारतले उपनिवेश झै ठान्दै आएका कारण पनि यस्ता समस्या बारम्बार आई रहन्छ ।हिउद लागे सबै सबै ढोका खोलेर पानी भारत लैजाने अनि बर्षा याममा पानीको बहाब बढे संगै कुनै पनि ढोका नखोल्ने यस्तो भारतको नियत माथि हामीले आबाज उठाउन जरूरी छ।