भारतले दियो दुई सय नेपाली विद्यार्थीलाई छात्रवृति - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

भारतले दियो दुई सय नेपाली विद्यार्थीलाई छात्रवृति



काठमाडौं। भारत सरकारले दुई सय नेपाली विद्याथीलाई अध्ययनका लागि छात्रवृति प्रधान गरेको छ ।

ठमाडौंस्थित भारतीय दूतावासले नेपालमा अध्ययनरत दुई सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

गोल्डेन जुब्ली छात्रवृत्ति शीर्षकमा भारतीय दूतावासले दश जोड दुई र स्नातक तहमा अध्यनरत दुई सय विद्यार्थीलाई शुक्रबार यो छात्रवृत्ति प्रदान गरेको हो।

भारतीय राजदूत मञ्जिबसिंह पुरीले छात्रवृत्ति पाएका विद्यार्थीले राम्रो अध्ययन गरेर नेपालका लागि गर्व गर्न लायक काम गर्ने विश्वास व्यक्त गरे।

छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीच विशेष सम्बन्ध रहेको चर्चा गरे।