भारतका विभिन्न राज्यमा आगजनी र तोडफोड, ८ जनाकाे मृत्यु
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले ‘एससी–एसटी’ ऐक्टबारे गरेको पछिल्लो फैसलाविरुद्ध दलित संगठनले सोमबारका लागि आह्वान गरेको भारत बन्द हिंस्रक बनेको छ । केही राज्यमा परिस्थिति नियन्त्रण बाहिर गएको बताइएको छ ।
अहिलेसम्म ८ जना आन्दोलनकारीको मृत्यु भएको बताइएको छ । भने दर्जनौं आन्दोलनकारी घाइते भएका छन् ।
त्यसैगरी आन्दोलनका कारण १० राज्यमा आगजनी भएको छ । भने तीन राज्यमा स्थिति नियन्त्रण बाहिर गएपछि सरकारले कर्फ्यु आदेश जारी गरेको छ ।
भारतका गुजरात, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, उडिसामा व्यापक धरपडक भएको र केही मानिसको मृत्यु भएको खबर आएका छन् ।
मध्य प्रदेशको ग्लावियर र मुरैनामा भएका हिंसामा चार जनाको मृत्यु भएको पुष्टी भएको बताइएको छ।
बन्दका क्रममा सयौं सवारी साधन र भौतिक संरचना तोड्फोड गरीको छ ।