भारतमा पनि आँधीको बितण्डा : १८ जनाको मृत्यु - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भारतमा पनि आँधीको बितण्डा : १८ जनाको मृत्यु



काठमाडौं -भारतको उत्तर प्रदेशमा पनि हावाहुरीले बितण्डा मच्चाएको छ । हावाहुरीसहितको वर्षा र चट्याङका कारण १८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मैनापुरीमा ६ जना, एटा र कासगंजमा ३–३ जना तथा मुरादाबाद, महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जना रहेका छन्। बिहीबार दिनभर प्रचण्ड गर्मी भएको र साँझ ७ बजे एक्कासी मौसम परिवर्तन भई हावाहुरी चलेको भारतीय अधिकारीले जनाएका छन्।

कतिपय ठाउँमा असिना परेको छ। हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ। हावाहुरीका कारण घरहरु भत्किँदा ५० जना भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। फाइल फोटो