भारतबाट १ सय ७९ जना नेपालीको उद्दार - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भारतबाट १ सय ७९ जना नेपालीको उद्दार



काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुर्‍याइएका ३२ पुरुष र १ सय ४७ जना महिलालाई बुधबार उद्दार गरिएको आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदुतावासका काउन्सुलर (सहचरी) नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले उनीहरुको उद्दार गरेको हो ।

उद्दार गरिएकाहरुलाई नेपाल ल्याउने आवश्यक प्रक्रिया भइरहेको र यस सम्बन्धमा थप अन्य अनुसन्धान भइरहेको छ । फाइल तस्बिर :