भारतबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा लागूऔषध फेला - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

भारतबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा लागूऔषध फेला



काठमाडौँ– भारतको बरौनीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख १६१० नम्बरको बसमा लागूऔषध भेटिएको छ।

लागूऔषध भेटिएपछि प्रहरीले बसका चालक मकवानपुर घर भएका ३१ वर्षीय विक्रम लामा र सह–चालक सोही ठाउँका २४ वर्षीय रवि लोप्चनलाई पक्राउ गरेको छ। उनीहरूले चालकको सिटमुनि लुकाएर कोरेक्स सय मिलिलिटरको ६ बोतल लुकाएर तस्करी गरेर काठमाडौँ ल्याउन लागेका थिए। उनीहरूबाट भारतीय रुपैयाँ १६ हजार बरामद भएको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाले उनीहरूलाई पक्राउ गरेको हो।

बुधवार नै नागढुङगामा बा.४ ख ७३८० नम्बरको बसका चालक देवालाल तामाङलाई पक्राउ गरेको थियो।