भ्रष्टचार मुक्त र सुशासन कायम गर्ने प्रदेस सरकारको निणर्य अग्नी परिक्षा : मन्त्री केसी - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

भ्रष्टचार मुक्त र सुशासन कायम गर्ने प्रदेस सरकारको निणर्य अग्नी परिक्षा : मन्त्री केसी



बुटवल । आन्तिरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले भ्रष्टचार मुक्त र सुशासन कायम गर्ने प्रदेस सरकारको निणर्य अग्नी परिक्षा भएको बताएका छन ।

मानब सेवाआश्रम रुपन्देहीले बुटबलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री केसीले मानब सेवा आश्रम सेवा समितिले वृद्धाआश्रम खोलेर अभिभाबक बिहीन असाहय गरिब लाई उपचार गर्ने र आश्रममा राख्नेकाम श्रहारनीय भएको बताउदै आफनो स्वार्थ भन्दा माथि उठेर काम गरेकोमा खुसी ब्यक्त गरे ।

मन्त्री केसीले आफुहरुले परिकल्नपना गर्ने कार्यमानब आश्रम सेवासमितिले गरेको भन्दै आफुहरुलाई सुत्रधार गरेको बताए ।कार्यक्रmमा बोल्दै उनले बुद्धजन्मस्थल लुम्बिनीलाई संरक्षण गर्न सयौ युवा मानब सेवामा लाग्नु पर्नै बताएका छन ।

कालिका उच्च माबिका प्रअ घनस्याम पाठक बिद्यार्थीहरुलाई सेवामा लगाउने उदेश्यले बिद्यालयको प्राटिकल कक्षामा आश्रममा लाने सहयोगको भाबना श्रृजना गर्ने खालका काममा लगाउने गरेको बताए ।

मानब सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी ले सफल नागरिक भएको भएपनि असल मानिसको खाचो रहेको बताए । उनले आफुहरुले खोलेको आश्रम ८ जिल्लामा बिस्तार गरेको र ४ सय जना आश्रममा सेवा लिएको बताए ।

अधिकारीले आश्रममा आएका ३ सय जनालाई परिबार खोजी आफन्तको मिलन गराई जिम्मा लगाएको बताए ।आगामी चैत्र सम्मरुपन्देहीमा पनि शाखा बिस्तार सेवा गर्ने बताएका छन ।

बिभिन्न समयमा रुपन्देहीबाट १० जना भन्दा बढी असाहय बिरामीलाई आश्रममा गरेको बताए ।मानब सेवा समिती बुटल मानब सेवाआश्रम रुपन्देही पुन्डरी गु्रप लुम्बिनी अञ्चल अपताल बुटबल सामाजीक सेवाईकाई को आयोजनामा बुटबलमा शान्तिपुर्ण पदयात्रा सम्पन्न भएको छ ।बुटबलको ट्राफीक चोकबाट सुरु भएको यात्रा मिलनचोक चौराह हुदै कालिका उच्चमाबिमा आई समापन भएको थियो ।