पूर्वराजा जनकपुरधाम सहित पूर्वी तराईका चार जिल्लाको भ्रमणमा निस्के - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पूर्वराजा जनकपुरधाम सहित पूर्वी तराईका चार जिल्लाको भ्रमणमा निस्के



काठमाडौँ । आमा बिरामी भएपछि रोकिएको पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वी तराई भ्रमणको कार्यक्रम फेरि सुरु हुने भएको छ । उनी बुधबारदेखि भ्रमणमा निस्किनेछन् ।

पूर्व राजाका सम्बाद सचिव फडिराज पाठकले सोमबार विज्ञप्ती जारी भ्रमणको बारे जानकारी गराएका छन् । तर, विज्ञप्तिमा भ्रमण तालिका भने उल्लेख गरिएको छैन ।

उनले भ्रमण धनुषाबाट सुरु हुने मात्र जनाएका छन् । स्रोतका अनुसार, ज्ञानेन्द्र जनकपुरधामलाई केन्द्र बनाएर पूर्वी तराईका चार जिल्लाका धार्मिक केन्द्रहरुमा पुग्नेछन् । २९ फागुनमा जनकपुरधाम पुग्ने उनी त्यहाँ जनकपुर महानगरपालिका–२३ स्थित होटल सिताशरणमा बस्नेछन् ।

पूर्वराजाको पूर्वी तराई भ्रमणका लागि होटलका ८ वटा कोठा यसअघि नै बुक गरिसकिएको छ । स्रोतका अनुसार करिव १ दर्जनका लागि ती कोठा बुक गरिएका हुन् । ३० फागुनमा उनी सोही होटलबाट सर्लाहीको मलंगवा प्रस्थान गर्नेछन् । त्यहाँ रहेका शिव मन्दिरमा पुजा–अर्चना गरी फेरि जनकपुरधाम नै फर्कने स्रोतको भनाई छ ।

चैत १ गते जनकपुरधामस्थित रामजानकी मन्दिरमा पुजाअर्चना गरी उनी २ गते उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिरमा पुजा अर्चना गर्न पुग्नेछन् । यसैगरी, ३ चैत्रमा सप्तरीको छिन्नमस्ता मन्दिरमा पुजाअर्चनाका लागि जाने उनी त्यतैबाट दमक फिर्ता हुनेछन् ।

यसअघि ती धार्मिक केन्द्रमा पूजाअर्चनाको कार्यतालिका बनाइएको थियो । तर, आमा रत्न शाह बिरामी भएपछि उनी कार्यक्रम स्थगित गरी काठमाडौँ आएका थिए । आमाको स्वास्थ्य अवस्थामा सुधार भएपछि उनी आइतबार झापा फर्किसकेका छन् ।